ब्लाष्टखबर ।  हालसम्म भारतमा कोरोना भाइरसको कारण १,००० भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन । काेराेना संक्रमणबाट मर्नेहरूको संख्या २६  पुगेको छ। संक्रमीतकाे संख्या दिन प्रतिदिन बढ्रदै गइरहेकाे बेला परिक्षणकालागी किट अभाव भइरहदाँ  भारतकी एक भाइराेलेजिष्ट मीनल डाखावे भोसलेले १२०० भारतिय रुपैयाँमा टेस्टिंग किट तयार गरेका छन् । जुन विदेशी किट भन्दा धेरै सस्तो  बताइएकाे छ । भाइराेलेजिष्ट भोसलेले बीबीसीलाई एक अन्तर्वार्ता दिदै उक्त किटकाे पहिले व्याच सोमबार देखी भारतिय बजारमा उपलब्ध हुने बताएकी छिन् । 

उने अन्तर्वातामा हाल बजारमा रहेको विदेशी परिक्षण किटको ४ हजार ५ सय रहेकाे बताउदै, भारतमै निर्माण गरीएकाे उक्त  किटले साढे दुई घण्टा भित्र कोरोना भाइरस संक्रमण पत्ता लगाउन सक्ने बताएकी छिन्। " उक्त किटबाट सय सेम्पलकाे परिक्षग गर्न सकिने बताइएकाे छ । 

गर्भवती रहेकी उक्त किट निर्माण गर्ने भाइराेलेजिष्ट भोसलेले किट निर्माण गरीसकेकाे केहि घण्टपछि बच्चालाई जन्म दिएकी थिइन् । विश्वलाई अाक्रन्त पार्ने गरी काेराेनाकाे महामारी फैलीरहेकाे बेला भारत सरकारले २१ दिन लकडाउनकाे घाेषणा गरीरहदाँ गर्भवती रहेकी उनि निरन्तर खटिएर उक्त किट निर्माण सम्पन्न गरेकाे केहि घणटापछि अाफ्रनाे सन्तानलाई जन्म दिए पछि भारतमा उनलाई निकै सम्मानका साथ हेरीएकाे छ । 

स्राेत : बिबिसी