पथरी । मोरङ पथरीशनिश्चरे–२, मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको भवन आवश्यक परेमा कोरोना भाइरस नियन्त्रणको लागि उपलब्ध गराउने जनाएको छ ।
पथरीशनिश्चरे नगरले कोरोना संक्रमित व्यक्ति राख्ने आवश्यक ठानेमा हरियाली वनमा रहेको भवनलाई आइसोलेशन वार्डको लागी दिन तयार रहेको वन अध्यक्ष काबुलबहादुर मगरले बताए ।

हरियाली वनमा करिब ५० वटा बेड अट्ने पक्की भवन (हल) रहेको छ । महामारी फैलिएमा हल जतिखेर पनि उपलब्ध गरान सक्ने बताएका छन् । त्यसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको आइसोलेशन वार्ड लगायतको ब्यबस्थापन नगरले गर्नुपर्ने अध्यक्ष मगरले बताए । हरियाली पथरी बजारको पुर्व उतर वन क्षेत्रमा पर्दछ ।

आइसोलेशन मनव बस्ती भन्दा टाढा हुदा राम्रो । संकास्पद विरामी राख्न बेड्को दुरि, शौचालय, पानीको धारा मिलाउनु पर्ने हुन्छ । भाइरस नसरोस भनेर सकेसम्म बिरामीले प्रयोग गर्ने हरेक सामग्री छुट्टाछुट्टै हुनुपर्छ । अहिले नेपालमा एउटै कोठामा चार वटा बेड राखेर आइसोलेशन भनेर प्रचार गर्ने फेशन चलेको छ ।

मोरङ पथरी शनिश्चरे नगरमा विदेशबाट आएर बसेकाहरुलाई आइसोलेशनमा पठाउने क्रम बढिरहेको छ । नेपालमा कोरोणा संक्रमितको संख्या पाँच पुगेको छ । कोरोना नियन्त्रण गर्न नेपाल लकडाउनमा छ ।