बिर्तामोड । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि झापाका औषधि व्यवसायीले समय तालिका मिलाएर पसल खोल्न थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम भए पनि अत्यावश्यक सेवा अन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिका साथ तालिका मिलाएर पसल खोल्न शुरु गरेको उनीहरुको भनाई छ ।

प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताए । उनले नागरिकको अत्यावश्यक वस्तुका रुपमा औषधि रहेकाले आफूहरुले समय तालिका बनाएर भए पनि पसल खुला राखेको जानकारी दिए । लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ। तर औषधि पसल भने खोलिएको छ, उनले भने, डाक्टरको सेवा नभए पनि मास्क र आवश्यक औषधिका लागि पनि पसल नियमित खोलिरहेका छौँ ।’ आफूहरुको सुरक्षा नभए पनि व्यावसायिक धर्म पूरा गर्न पनि पसल खोल्ने गरेको उनले बताए ।

प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक प्रदीप खरेलले समस्या भए पनि पसल सञ्चालन गरिरहेको बताए । उनले भने, “साह्रै गाह्रो परेका मानिस आउने हुन् । समय मिलाएर भए पनि खोल्नै प¥यो नि ।’ लक डाउनका कारण घरबाट पसल पुग्नसमेत समस्या हुने गरेको सुनाउँदै उनले भने–‘पसल आउँदा प्रहरीले रोक्यो, औषधि व्यवसायी भनेपछि यहाँ आइपुगें ।

ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले पनि निश्चित समय तोकेर पसल खोल्न थालेको बताए । बिहान र बेलुकाको समय मिलाएर पसल खोल्ने गरिएको उनको भनाई छ । ‘“धेरै इमर्जेन्सी पर्नेहरुले फोन गर्नुहुन्छ, उनले भने, “उहाँहरुलाई पनि औषधि दिनै प¥यो, नियमित औषधि खानेहरु पनि छन् ।’ यस्तो जोखिमका बेलामा आफूहरुको सुरक्षाको व्यवस्था नभएको उनले बताए । “मास्क र पञ्जा लगाएर बसेका छौं, उनल भने, “कोही औषधि लिन आउँदा दूरी कायम गर्छाैं, साबुन पानीले हात धोएपछि मात्रै पसलमा आउन दिने गरिएको छ ।’

औषधी ब्यवसायीहरुले लक डाउनका कारण बिक्री वितरणमा समस्या आएको बताएका छन् । उनीहरुले सुरक्षाको ब्यवस्थ ागर्न प्रशासनसँग माग पनि गरेका छन् । लक डाउनको अवधिमा अधिकांस औषधी पसल सञ्चालन नभएपनि केही पसलहरु निरन्तर खोलिएको ब्यवसायीले जनाएका छन् ।