उर्लाबारी । उर्लाबारी नगरपालीकाले ज्यलादारी गर्ने मजदुरहरुको लागि राहत संकलन तथा वितरण अभियानलाई तिव्रता दिएको छ ।

नगर प्रमुख खड्ग फागोले कोभिड–१९ को संक्रमण फैलिन सक्ने त्रासका कारण नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्मको अवधीलाई लकडाउन घोषणा गरे देखि दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्ने मजदुर प्रभावित बनेका भन्दै उर्लाबारी तथा अन्य क्षेत्रमा बसोबाँस गर्ने सहयोगी मनहरु सगँ सहयोग संकलन तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरुलाई राहत वितरण गर्दै आएका छन ।

यसैक्रममा शुक्रबार नगरका १ र ३ नं. वडामा मजदुरको बसोबाँस स्थलमा पुगेर नगर प्रमुख फागो सहितको टिमले मजदुरलाई औसधी सहित दैनिक उपभोग्य सामग्री २५ केजी चामल ,दाल,नुन लगायतका सामग्री वितरण गरेका हुन । दुई दिनमा १ सय ५० बढी मजदुरलाई राहत वितरण गरीएको छ ।