धरान । टेलिफोन सेवा प्रदायक निजी कम्पनी एनसेल प्रालिले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
सरकारले बनाएको कोषमा एनसेलले बुधबार नगद सहयोग गरेको हो । एनसेलले प्रदान गरेको सहयोगबाट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री तथा कोरोना परीक्षण किट किन्न तथा क्वारेन्टाइनका बिरामीका उपचारको लागि खर्च गरिने भएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिृकत चोङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोड बराबरको चेक प्रदान गरे । सरकारले यस कोषका लागि स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । तर, छुट्टै कोष खडा गर्नका लागि रोक लगाएको छ ।