धरान । रुसमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकाको जिओलजिकल सर्भेले ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो । सर्भेका अनुसार रुसको सुदूरपूर्वी कुरिल टापु नजिकै भूकम्प गएको थियो । जसको गहिराइ ५९ किलोमिटर रहेको सर्भेले उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार अपरान्ह २ बजेर ४० मिनेटमा भूकम्प गएको थियो । भूकम्पका कारण सुनामी जाने सम्भावना बढेको रुसका मिडियाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।