धरान । कोरोनाभाइरस लागे नलागेको विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै परीक्षण गर्न सकिने दाबी गरिए पनि हालसम्म प्रतिष्ठानमा परीक्षण हुन सकेको छैन ।

किट अभावका कारण परीक्षण गर्न नसकेको अस्पतालले दाबी गरेको छ । यसअघि कोरोनाको परीक्षण गर्न सकिने भन्दै प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका थिए । उनले त्यसको तयारी भएको पनि बताएका थिए । तर, हालसम्म किट नआइपुगेको भन्दै र्याललगायतको नमूना परीक्षण गर्न काठमाडौंस्थित टेकु अस्पताल पठाउने गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण धरानमा नै गर्ने निर्णय गरेको थियो । धरानसँगै पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको थियो । तर, हालसम्म किट नआइपुगेकाले किट आउनले बित्तिकै कोरोना परीक्षण शुरु हुने सहायक अस्पताल निर्देशक डा. विकास साहले बताए । ‘सायद आजभोलिमा मन्त्रालयबाट किट आइपुग्ने छ । यहाँको ल्याब तयारी अवस्थामा राखेका छौं’–डा. साहले भने ।