उदयपुर / उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा कुलबहादुर विष्टलाई पक्राउ गरिएको हो ।
गत चैत्र ६ गते साँझ घरमा कोही नभएको मौकाछोपी खेलिराखेकी बालिका बलात्कार गरेको पिडितको उजुरी अनुसार आरोपित चौदण्डीगढी नगरपालिका–७ निबासी ४७ बर्षिय बिष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारमा आरोपित विरुद्ध पीडित परिवारले चैत्र ७ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपित माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चौदण्डीगढीमा बालिका बलात्कारको आरोपमा एक पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































