लक्ष्मीमार्ग । कोरोना भाइरसको महामारीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै असक्त परिवारलाई सयपत्री मल्टीप्रपोज कम्पनीले १० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कम्पनीले खाद्यान्न संकट हुन नदिनका लागि मोरङ बेलबारीका ऋषिदेव परिवारसहित अशक्त परिवारलाई खाद्यान्न तथा मास्क वितरण गरेको हो । सरकारले आजदेखि लकडाउन शुरु गरेपछि दैनिक ज्यालामजदुरी गर्दै आएका ती परिवारलाई खाद्यान्न वितरण गरेको छ । कम्पनीले बेलबारी–१ का ७ घर ऋषिदेव परिवार र १ घर धामी परिवार, १ थापा परिवार र धिमाल परिवार रहेको जनाइएको छ ।

उनीहरूलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ पोका नुन, २ केजी चिउरा, २ केजी भुजा, १ थान साबुन, ५० थान माक्स र ५० थान ग्लोभ्स उपलब्ध गराएको कम्पनीका प्रबन्ध निर्देशक माधवराज थापाले बताए ।