श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ११ गते मङ्गलबार, २४ मार्च २०२० । चैत्र कृष्णपक्षको औंसी तिथि १४ः१६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्रपदा २३ः३९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः०५ र सूर्यास्त ६ः१७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । शुभसमाचारले मन प्रसन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपाया आदिको व्यापार– व्यवसायमा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । हतियारको प्रयोगमा सावधान हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । शुभसमाचारले मन प्रसन्न होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले कामकाजहरू अगाडि बढ्नेछन्  । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । उपहार प्राप्त हुनेछ ।