भण्टाबारी । भारतबाट विभिन्न सीमा नाका हुँदै कोरोना भाइरस (कोभिड १९) भित्रन सक्ने कुरालाई मध्यनजर गर्दै सरकारले सोमबारबाट भारतसँग सीमा जोडिएका नाका बन्द गरेको छ । भारतका विभिन्न प्रान्तहरुका साथै बिहारमा समेत तीव्र रूपमा फैलिने क्रममा रहेको हुँदा नेपालमा कोरोना भाइरस भित्रिने सम्भावना बढेका कारण सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

तर सरकारले गरेको निर्णयलाई बर्खिलाप गदैं सशस्त्र प्रहरीका डिआइजी नरेन्द्र थापाको ठाडो आदेशमा सोमबार ५ जना व्यक्ति विना स्वास्थ्य परीक्षण नेपाल प्रवेश गरेका छन् ।
उनीहरु सोमबार साढे ११ बजे कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित तीनकुने नाकाबाट नेपाल प्रवेश गरेका हुन । भारती नं. प्लेटको स्कारपियोमा तीन महिलासहित आएका ५ जना व्यक्तिलाई सिमामा खटेका सशस्त्र प्रहरीहरुले रोकेका थिए । तर एक जना व्यक्तिले डिआइजी थापासँग सिमामा खटेका हवाल्दारलाई फोनमा बोल्न लगाए पछि उनले थापाको आदेशमा छाडेका थिए । छाडिए पछि उनीहरु नेपाली नं. प्लेटको गाडीमा पूर्व लागेका थिए । सिमा नाका बन्दका कारण कतिपय मानिसहरु नाकामा अलपत्र परेको बेला ५ जना व्यक्तिलाई डिआइजकिो ठाडो आदेशमा सामान्य स्वास्थ्य परीक्षण नै नगरि छाडिए पछि आलोचना भएको छ ।
यता डिआईजी थापाले महेश दत्त भन्ने व्यक्ति आइतबार बिहेमा गएको र मैले सुनसरीका सिडिओ साबसँग समन्वय गरेर भारतबाट भण्टाबारी नाका हुँदै आउन दिन भनेको स्वीकार गरे । स्वास्थ्य परीक्षण नगराएको विषयमा भने थापाले त्यहाँ स्वास्थ्य परीक्षण गर्ने ठाउँ नभएकोले उनीहरूले गराएको होलान भन्न्े जवाफ दिएका थिए ।