श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र १० गते सोमबार, २३ मार्च २०२० । चैत्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः१४ बजेसम्म, उप्रान्त औंशी, नक्षत्र पूर्वभाद्रपदा २३ः३९ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः०६ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आय आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्नुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । व्यापार– व्यवसायमा केही समस्या आइपर्न सक्छ । परिवारमा झमेला आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभसमाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा तपार्इंको उच्च स्थान रहला । लाभदायी यात्राको अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । दिनको उत्तराद्र्ध फलदायी छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । आफन्तजनको सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।