उर्लाबारी / मृगौला पिडीत उर्लाबारीका टिकाप्रसाद श्रेष्ठको उपचारको लागि सहयोग जुट्नेक्रम जारी छ । उर्लाबारी–७ निवासी चन्द्रबहादुर श्रेष्ठको संयोकत्वमा गठन भएको टिकाप्रसाद श्रेष्ठ बचाउ अभियानले सहयोगको लागि हात फैलाए पछि सहयोग संकलन शुरु भएको हो ।

यसैक्रममा आईतबार सो अभियानलाई मानसरोवर इनिस्च्यूट साईन्स अफ टेक्नोलजी दमक–४ का बिद्यार्थीहरुको अगुवाईमा संकलन गरीएको ३३ हजार ८ सय ६२ रुपया“ बिद्यार्थीद्धय मितेश अग्रवाल र सुदिप साहाले अभियानका संयोजक श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन । यसैगरी नेवा देय दवू नगर समिति उर्लाबारीले पनि संकलन गरेको २७ हजार २ सय ६० रुपया“ संयोजक श्रेष्ठलाई हस्तान्तर गरेको छ ।

सो क्याम्पसका क्याम्पस प्रुमुख समेत रहेका श्रेष्ठको भारतको केरलामा उपचार भईरहेका छ । श्रेष्ठको सोह् बर्ष अघि एउटा मृगौला प्रत्यारोपण गरीएको थियो हाल आएर अर्को मृगौलाले पनि काम गर्न छाडे पछि अर्को पनि मृगौला प्रत्यारोपण गर्न ४० लाख लाग्ने अस्पतालले बताए पछि उक्त रकम परिवारबाट जुटाउन नसक्ने बताउदैँ परिवारबाट सहयोगी मनहरु सगँ सहयोगको अपिल गरेका हुन ।