श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०८ गते शनिबार, २१ मार्च २०२० । चैत्र कृष्णपक्षको द्वादशी तिथि ०९ः०६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा २०ः३१ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः९ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । शरीरमा स्फुर्ति र उमङ्ग छाउला । घरपरिवारमा धार्मिक कार्य हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । सानो लगानीबाट ठुलै उपलब्धि हासिल गर्न सफल भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम वा रोजगारको अवसर मिल्ला । बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।