श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०७ गते शुक्रबार, २० मार्च २०२० । चैत्र कृष्णपक्षको एकादशी तिथि ०८ः०६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र श्रवण १८ः४८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः१० र सूर्यास्त ६ः१५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । आर्थिक क्षेत्रमा सफल भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइले विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । शुभसमाचारले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ  । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभसमाचर सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । प्रतिस्पर्धात्मक खेलमा तपाईंको विजय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
माया–पे्रमको सम्बन्ध विस्तार हुनेछ । कार्य–व्यवसायमा रुचि बढ्नेछ । साझेदारीका काममा बाधा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।