ब्लाष्टखबर । खनार स्थित रिलायन्स स्पिनिङ मिल र विराटनगरको रानीस्थित रघुपति जुटमिल्सको विद्युतीय लाइन काटिदिएको छ ।
रघुपति जुट मिलले २०७२ साल साउनदेखि हालसम्मकाे १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बक्यैता नबुभाएपछि आज लाइन काटिए नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले सूचना जारी गरेको छ ।
डेडिकेटेड लाइन प्रयोग गरेकाे जुट मिलले पटक पटकको ताकेतामा गर्दा पनि तोकिएको समयभित्र बक्यौता नतिरेको कारण अदालतको आदेशअनुसारनै लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका प्रमुख राजिव सिंहले बताएका छन् ।
त्यस्तै, इटहरीकाे खनार स्थित रहेकाे रिलायन्स स्पिनिङ मिलको पनि इटहरी विरतण केन्द्रले विद्युत् लाइन काटिदिएको छ । इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारले रिलायन्सले पनि १ अर्ब ५० करोड रुपैयाँ विद्युत् महशुल नतिरेकाे भन्दै विद्युत् लाइन काटिदिए जानकारी गराउदै आफ्नो कार्यालय मातहतका तर महशुल नतिर्ने ठूला उद्योगको लाइन काट्ने काम सुरु गरिएको बताएका छन् ।