ब्लाष्टखबर । होटललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटल संघ नेपाल (हान) लाई अनौपचारिक प्रस्ताव गरेकाे छ ।
कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक परे खण्डमा होटेललाई क्वारेन्टाइनका वा अस्थायी अस्पतालका रूपमा प्रयोग गर्ने सरकारको तयारी अनुरूप अनौपचारिक छलफल गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताएका छन् ।
विश्वमा काेराेनाकाे संक्रमण फैलिदै गइरहकाे बेला नेपालमा सरकारले संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजगरी पहिलो चरण तयारीको गरिरहेको बताउदै उनले संक्रमण फैलिएपछि भयावहको अवस्थामा अाएमा होटेल प्रयोग गर्ने गरी छलफल गरिएको बताएका हुन् ।
संघको क्षेत्रीय संघ भैरहवा स्थित सिद्धार्थ होटेल संघ (सान)ले होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय नै गरिसकेको छ । हाेटलहरूलाई क्वारेन्टाइन बनाइए पर्यटकस्तरका होटेलमा ६५ सय मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने शाहले बताए ।
काेराेनाका कारण हाेटलहरूकाे अकुपेन्सी भनेको १० प्रतिशत रहेकाे जनाउदै साहले ४० प्रतिशतभन्दा कम भएमा घाटा हुने बताएका छन् ।