ब्लाष्टखबर । सोमबार तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा एकै दिनमा तोलामा २ हजार रुपैयाँले कमी आएको छ ।
आज मंगलबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ हजारले घटेर ७५ हजार २ सयमा झरेको छ । आज चाँदी तोलाकाे ७ सय १० रुपैयाँमा विक्री भइरहेकाे छ । हिजाेकाे तुलनामा ८० रुपैयाँले तल झरेकाे हाे ।
आइतबार सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो भने सोमबार पाँच सयले बढेर ७७ हजार ५ सय पुगेको थियो । आज मंगलबार भने एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको हो ।