इनरुवा/ काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् सुनसरी बराहक्षेत्र नगरपालिका ११ मधुवनका नरवहादुर थापाले ।

रोजगारी नपाएर दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ होमिएका युवाहरूलाई उनले उक्त लगानीमा स्वदेशमै रोजगारी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । उनले आफ्नै घर नजिक रहेको करिब २ बिगहा १० कट्ठा जग्गामा व्यावसायिक तोरी खेती गरेर अहिले उनी त्यस क्षेत्रका धेरै कृषक र वैदेशिक रोजगारीका लागि खाडी सहितका मुलुक जान लागेकाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले चाइनीज कोवी प्रजातिको तोरी खेती गरेका छन् ।

थापाले करिब ४५ हजारको लगानीमा तलहन बालीको रूपमा २ बिगहा १० कठ्ठा जग्गामा तोरी गरका छन् । एक कठ्ठामा ६० केजीसम्म तोरी उत्पादन हुने उनले बताए । कम लागत, कम लगानी र कम मेहनतमा राम्रो आम्दानी हुने र बजार भाउसमेत तोरीको राम्रो भएकाले आफूले पछिल्लो समय तोरी खेतीमा होमिएको थापाले बताए ।

अहिले गरेको तोरी खेतीबाट एक सिजनमा करिब १८ सय क्युनटल तोरी उत्पादन हुने र त्यसबाट करिब ५ लाखदेखि १० लाखसम्म आम्दनी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । पहिले करिब १ बिगहामा तोरी खेती गरेकामा कम लागत र कम मेहनतमा राम्रो आम्दनी भएका कारण फेरि २ बिगहा १० कठ्ठामा तोरी खेती गरिएको उनले बताए ।

आफूले उत्पादन गरेको तोरीले बजार भाउसमेत राम्रो पाएको र घरबाट बिक्री हुने गरेको उनको भनाइ छ । तोरी खेतीले राम्रो आम्दनी र राम्रो उत्पादन दिन थालेपछि आफूयस खेतीतर्फ आकर्षित भएको थापाले बताए ।

आप्mनो मुख्य पेशाको रूपमा कृषि नै भए पनि आफूले कृषि क्षेत्रबाट अहिले सम्म कुनै आनुदान समेत नपाएको उनको भनाइ छ । सरकारले वार्षिक रूपमा कृषकहरूलाई विभिन्न अनुदानको कार्यक्रम लागु गरेको भए पनि अहिले सम्म त्यो अनुदानको कार्यक्रम वास्तविक कृषक समक्ष पुग्न नसकेको गुनासो थापाले गरेका छन् ।

पछिल्लो समय सुनसरीमा तोरी खेती लोप भइरहेका बेला थापाले व्यावसायिक रूपमा तेलहन बालीको रूपमा तोरी खेती गरेर राम्रो कृषकको छाप समाजमा छोडेका छन् ।

कम लगानी गरेर आप्mनै मुलुकमा पसिना बगाए पैसा कमाउनका लागि अन्य मुलुकमा नगएर पनि आफनै साथीहरू र घरपरिवारहरूसँग बसेर आम्दनी गर्न सकिन्छ भने उदाहरण दिएका छन् ।

सुनसरीमा वार्षिक रूपमा ९ हजार ३९० हेक्टर क्षेत्रफलमा तेलहन बाली हुँदै आएको छ भने १५ हजार ४२४ मेट्रिक टन तेलहन बाली उत्पादन भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीको तथ्याङ्कले देखाएको छ ।