ब्लाष्टखबर / महिलाहरुलाई ब्यवसायिक शिप मार्फत आत्मानिर्भर बनाउने मुख्य उद्धेश्यले नारी स्वतन्त्रण मञ्च नेपालको आयोजनामा सम्पन्न्न ६ दिने मोतिको माला र घरेलु धुप बनाउने आधारभुत ब्यवसाहिक तालिमको बिहिबार धरानमा समापन भएको छ ।
धरान वडा १८ को आर्थिक सहयोगमा सम्पन्न यस तालिममा ४ दिने मोतिको माला बनाउने तालिम लिएका रहेकाे थियाे, भने २ दिन धुप बनाउने तालिमको लिएको तालिमका सहभागी महिलाहरुले बताए । यस तालिमा धरान १८ वडाका महिलाहरुको बिशेष सहभागीता रहेका थियो ।
२४ जना महिलाहरुको सहभागीता रहेको यस तालिममा मोतिको माला, चुरा, औठी, टप, साडी पिन, रानीहार लगायतका थरीथरीका गहनाहरु बनाउन सिकेका छन , भने धुप बनाउन समेत सिकेका थिए ।
दुई दिने तालिमको प्रशिक्षक लिला ढकाल र निमा पोङ्गसुवा रहेका थिए । यो तालिम महिलाहरुको लागि निक्कै प्रभापकारी रहेको छ । यस तालिममा सिकेको शिप ब्यवसायीक तर्फ सहयोग पुग्ने समापन कार्यक्रमको प्रमुख अतिथि धरान १८ का जनप्रतिनिधि महिला तथा बालबालिका विभागका सयोजक जमुना खत्रीले बताएकी थिइन् । उनले तालिमको अवधि कम भएको भन्दै आगामी तालिममा समय बढाएर लैजने बताइन ।
त्यस्तै देविथान संरक्षण समितिका अध्यक्ष रेवतीरमण राईले यस्तो शिपमुलक तालिमले महिलाहरुलाई आफुलाई पनि रोजार हुने र अरुलाई पनि रोजगारी दिने भएकोल यस्तो तालिमहरुको आयोजना गर्नै आवश्यक रहेको बताए । यो तालिमले हामीलाई धेरै ज्ञान,शिप र क्षमताको विकाश गरेको छ । भन्दै केहि ब्यवसाय गर्न हौसला समेत दिएको तालिमका सहभागी सीता राईले बताइन ।
महिला लक्षित तालिमको लागि वडाको आर्थिक सहयोगका कारणनै तालिम सफल भएको भन्दै वडालाई धन्यवाद दिदै समापन कार्यक्रकी सभापति तथा नारी स्वतन्त्र मञ्च नेपालका अध्यक्ष बिना पुमा राईले शिपमुलक तालिम महिलाहरुको लागि निक्कै आवश्यक रहेकाे बताएकी छिन् ।
उनले, यस्तो तालिमहरुले आफुलाई आत्मानिर्भर बन्नमा सहयोग पुग्ने धराणा राख्दै अन्यमा परेको महिलाहरुलाई न्याय दिलाउने कार्यमा सधैभरी नारी मञ्च साथ रहने बताइन ।
सोही अवसरमा धरान वी पी अस्पतालका डा.विकाश शाहले महिलाहरुलाई कोरोना भाइरसको बारेमा चेतनामुलक जानकारी समेत दिएका थिए ।