धरान/ धरान–१७ रेल्वेलाइनका सीताराम त्रिताल र हरिराम त्रितालले त्रिताल खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् ।

बुधबार उद्योगको उद्घाटन गरिएको छ । धरान–१७ का वडाध्यक्ष मनोज भटराईले उद्योगको उद्घाटन गरे । अफगानिस्तानमा ३ वर्ष काम गरेर फर्किएका दाजु सीताराम त्रिताल र क्रोएसियाबाट फकिएका भाइ हरिराम त्रितालले २५ लाखको लगानीमा उद्योग सञ्चालन गरेका हुन् । एक कठ्ठा जग्गामा शुरु गरेको उद्योगमा ४ जनालाई रोजगार दिएएको छ ।

उद्योगमा नमकिन, भुजिया, मटर उत्पादन गर्दै आएको छ । निकट भविष्यमै भुजियाका परिकार थपिने सीताराम त्रितालले जनाए । उद्योग सञ्चालनमा ल्याउनु वडाबासीका लागि खुशीको खबर रहेको वडाध्यक्ष मनोज भटराईले बताए । स्वदेशमै केही गर्ने उद्देश्यले उद्योग स्थापना गरेको उनीहरूले बताए ।