धरान/जबर्जस्ती रंग दल्ने दुई युवतीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई धरान–१९ स्थित हरियालीमा सामुदायिक वन परिसरबाट नियन्त्रणमा लिएको हो ।

जर्बजस्ती रंग दलेपछि विवाद भए पछि इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे हो । धरान– १९ का दिलु गौतम र कुमारी राईलाई नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानका दिएका छन् ।

उनीहरुलाई होली सकिए पछि छाडिने न्यौपानेले जानकारी दिए । होलीमा उछृखल गतिविधी गर्नेहरुलाई नियन्त्रणमा गर्न धरानका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ । होलीको मौकामा हेल्मेट विना र ३ जना मोटरसाइकलमा हिड्नेहरुलाई नियन्त्रण लिने प्रहरीले जनाएको छ । यस्ता ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिइसकेको डिएसपी न्यौपानेले जानकारी दिए ।

यो वर्षको होलीमा अपराध शून्य

विगत बर्षमा होलीमा बढि अपराध हुने गरेको थियो । तर यो बर्ष होली त्यति नमनाएकाले अपराधिक गतिविधीसमेत शुन्य रहेको डिएसपी न्यौपानेले जानकारी दिए । ‘विगतजस्तो यो बर्षको होलीमा अपराधिक गतिविधी छैन् । र पनि गस्ती टोली भने हामीले खटाएका छौं ।’–डिएसपी न्यौपानेले भने ।