इटहरी कोरोना भाईसरको हल्लासँगै बजारमा खाना पकाउने एलपी ग्यास अभाब हुन थालेको छ । कोरोना भाइरसको हल्ला बजारमा चलेसँगै अहिले ग्यास अभाव हुन थालेको हो ।
कोरोनाको हल्लासँगै बजारमा ग्यासको अभाब हुनु कालोबजारी भएको जनता क्याम्पसमा अध्यायनरत निरुपा खनालले बताइन । हल्लासँगै ग्यास अभाब हुनु आफैमा गम्भिर विषय भएको भन्दै प्रशासनलाई बजार अनुगमन गर्न आग्रह गरिन । बजार अनुगमन गर्दै ग्यास लुकाउनेहरुलाई कडा कार्वाही गर्ने उनको माग थियो ।

पछिल्लो एक १५ दिन यता बजारमा एलपी ग्यासको अभाब हुन थालेको छ । कामाख्या ग्यासको विक्रेता इटहरी १९ का डिल्ली पुरीले ग्यासको हाहाकार भएको बताए । ‘आज ग्यास पठाउँछु भनेको थियो तर आज पनि ग्यास आएन ।’–उनले भने । जसका कारण उपभोक्ताहरुले ग्यास नपाएको गुनासो गर्न थालेका छन पुरी भन्छन् ।
कामाख्या ग्यास धरान डिलरका प्रमुख विष्णु कोइरालाले धरानमा एलपी ग्यासको अभाव भएको बताए । ‘कोशी ग्यासको उपभोक्ता धेरै छन । कोशी ग्यास धरानमा आएन भने ग्यासको हाहाकार हुन्छ ।’–उनले भने । कामाख्या ग्यास पनि बजारमा माग अनुसार दिन नसकेको उनको भनाई थियो ।
महिनामा धरानमा मात्र ४० हजार एलपी ग्यास विक्रि हुन्छ । कोशीको ग्यास धरानमा १५ दिन मात्र बजारमा आएर भने धरानमा ग्यासको हाहाकार हुने उनले बताए । । अहिले धरानमा अहिले ग्यासको अभाब भईरहेको बताए । ३ दिन ३४ दिन पछि मात्र ग्यास आउदा सर्वसाधरण घण्टौ सम्म लाईनमा बस्नु बाध्य भएको कोइरालाको भनाई छ ।
यता सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बजारमा ग्यास अभाव भइनसकेको बताए । ग्यास अभावको विषयमा भोली देखि नै अनुगमन सुरु गर्न बताए । ‘हामी ग्यासको सिलिण्डरसहित हिसाब गरेर अनुगमन गछौ । ग्यास अभाव गरेको पाइए कडा कारवाही हुन्छ ।’–एसपी पोखरेलले भने ।