धरान / स्थानिय पूर्वधाार विकास कार्यक्रम अन्र्तगत रामधुनी नगरपालिका वडा नम्बर ७ स्थित कजरा खोलाको पुलको शिलान्यास गरिएको छ ।
सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राईले उद्घाटन गरेको पुल निर्माण गर्न पुल निमार्णका लागि उपभोक्ता समितिको ६ लाख र सांसद विकास कोषबाट ३० लाख गरी ३६ लाखको लागत रहेको रामधुनी वडा न .७ का वडा अध्यक्ष केशब गौतमले बताए ।
यस क्षेत्रमा पुल अभावमा यहाँका जनताहरुले निक्कै समस्या भोग्दै आएका थिए । चतरा र तरहरा जोडने यो पुलले स्थानीयबासीहरुलाई राहत पुग्ने भएकाले लगानी गरिएको सांसद राईले बताए ।
मुसरबस्तीमा आवास
रामधुनी वडा ७ स्थित सुनसरीको मुसरबस्तीका सिमान्तकृत समुदायलाई सरकारले आवसको लागि सहयोग गर्ने भएको छ । ४४ वटा घरधुरी सख्या भएको सिमान्कृत मुसरबस्तीका रामकुमार सदाको घरको जग खनेर सांसद राई शिलान्यास गरेका छन । नेपाल सरकारको सामुहिक आवास कार्यक्रम अन्र्तगत सिमान्तकृत समुदायका लागि सरकारले दिएको ६० लाख रकमले १४ वटा घर बनाउने योजना रहेको छ । सिमान्तकृतमा परेको ब्यक्तिmको छनोट अनुसार आवस निमार्ण गरी दिने रामधुनी ७ का वडा अक्ष्यक्ष गौतमले जानकारी दिए ।