श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २१ गते बुधबार, ०४ मार्च २०२० । फागुन शुक्लपक्षको नवमी तिथि ०८ः५० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मृगशीरा ०६ः५० बजेसम्म, उप्रान्त आर्दा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः२७ र सूर्यास्त ६ः०६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका साथीभाइहरूबाट सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्नात्मक कार्यक्रमा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य व्यवसायमा मनजानेछ अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवस्थापनमा मन जानेछ । मातृपक्षको सहयोग प्राप्त भइरहला । वैदेशिक यात्रा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । धार्मिक यात्राको अवसवर मिल्ला । माया प्रेमको सम्बन्ध हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपारिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।