धरान / नेकपाले मंगलबार झापाको विर्तामोडमा राखेको प्रदेश–१ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । हिजोदेखि नै नेता कार्यकर्ताहरु भेला भइसकेको कार्यक्रम कोरोना संक्रमणलाई मध्य नजर गदैं स्गगन गरेको हो ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल झापा पुगिसकेका थिए । प्रदेश स्थरि भेलासँगै फागुन २१ गते सुखानीमा हुने शहीद स्मृति सभा पनि स्थगित भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ठूलो जमघट हुने कार्यक्रम नगर्ने निर्देशन दिएको थियो । सोही अनुसार कार्यक्रम स्थगन गरिएको नेकपा नेताहरुले बताएका छन् । सरकारले सोमबार भिडभाड र विवाह भोज नगर्न निर्देशन जारी गरेको थियो ।
कार्यक्रम स्थगित भएपछि अध्यक्ष प्रचण्ड लगायतका नेताहरु नआउने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । भेलाका लागि १ नम्बर प्रदेशका अधिकांश जिल्लाका ४ सय जना भन्दा बढी प्रतिनिधि उपस्थित भइसकेका थिए ।