ब्लाष्टखबर । धरान १८ स्थित बुद्ध चाैकमा किरातहरूकाे विशेष सांस्कृतिक सामग्री चिण्डो (वाबु)काे प्रतिमा  बन्ने भएकाे छ ।

सांस्कृतिक प्रवर्द्धनसँगै पर्यटन विकासका लागी भन्दै बन्न लागेकाे वाबुकाे प्रतिमाकाे धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । मेयर राईकाे गृह वडा रहकाे उक्त स्थानमा वाबु निर्माण कालागी  १८ नम्बर वडा तथा स्थानीय स्वर्गीय नरप्रसाद राई को स्मृतिमा उनको परिवारको सहयाेग गरेका छन्र । 

हिन्दु धर्म अनुसार गरीएकाे शिलान्यास कार्यक्रम पछि मेयर राईले आगामी वैशाखमा किराती संस्कृति अनुसार उद्घाटन गरिने बताएका छन्र । 

  वडाको ८ लाख र स्वर्गीय राईको परिवारबाट ५ लाख ५१ हजार गरी जम्मा १३ लाख ५१ हजार लागतमा निर्माण हुने उक्त किरात जातिको मौलिकता झल्काउने वाबुकाे  किराती परम्परा र सभ्यता अनुसार  कलात्मक ढङ्गबाट बनाउन लागीएकाे मेयर राई बताएका छन् ।

उनका अनुसार वाबुको बेसमा रिलिफ आर्ट पनि बनाइने उक्त वाबुको भत्काउन नपर्ने गरी कम्तीमा ७२ फिटको सडकको बीचमा रहने गरी निर्माण गरिने धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले बताए ।