श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १७ गते शनिबार, २९ फेब्रुअरी २०२० । फागुन शुक्लपक्षको षष्ठी तिथि अहोरात्र २३ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी २३ः४१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३१ र सूर्यास्त ६ः०३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । नया“ कार्यको शुभारम्भ होला । मातृपक्षको सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्र राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । धार्मिक एवम् रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नपत्याएका साथीभाइबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।