श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १५ गते बिहीबार, २७ फेब्रुअरी २०२० । फागुन शुक्लपक्षको चतुर्थी तिथि २३ः५४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती २३ः४१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः३३ र सूर्यास्त ६ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि आगमन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । विवाह व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग प्राप्त भइ रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । शुभ समाचार सुन्न पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । दैनिक कार्य–व्यवसायमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभसमाचार सुन्न पाइएला । मन अध्ययन र दर्शनतिर आकर्षित हुनेछ । लगनशीलताले कामकाज सुचारु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।