श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १३ गते मङ्गलबार, २५ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको द्वितीया तिथि २३ः५४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वभाद्रपदा १७ः५२ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः३५ र सूर्यास्त ६ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा शान्ति र मुहारमा कान्ति छाउला । महत्वपूर्ण कामको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा द्विविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । दबाव र तनाव बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । लाभदायी यात्रामा सरिक भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।