श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १० गते शनिबार, २२ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको चतृर्दशी तिथि १८ः३७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र श्रवण ११ः२२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः३८ र सूर्यास्त ५ः५८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । नयाँ कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यात्रा असफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । दाम्पत्य जीवनमा खुशीयाली छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनका इच्छा आकाङ्क्षा पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । लाभदायी यात्राको अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । नयाँ  कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक सङ्कट आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । यात्रा सफल होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवासायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पुराना साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमाइलोमा दिन बित्ला ।