उर्लाबारी । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले शुक्रबार ८४ औ“ त्रिमुर्ति शिव जयन्ति मनाएको छ ।

सो केन्द्रकी प्रमुख संचालिका मिरा राईको अध्यक्षता तथा संघिय संसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी खतिवडा सहित उर्लाबारी नगरपालीकामा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नगर प्रवक्ता भानुभक्त शर्मा पराजुली, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र पथरीका संचालक पूर्ण मादेन, उर्लाबारी केन्द्रका भोलामान श्रेष्ठ सहितले ओम शिव बाबा एवं शिवरात्रीका महत्वका बिषयमा प्रवचन गरेका छन ।

 सोही अवसरमा सो केन्द्रमा ओम शान्तिको दिप प्रज्वलन तथा ओम शान्तिको झण्डोत्तलन समेत गरीएको थियो ।द