वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ६, चक्रघट्टी स्थित रेलवेलाईन वासीहरुले, स्थानिय मुनाल चौकमा सहमति विपरीत, सडक मिचेर ढल निकासको नाला निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेका छन् ।
रेलवेलाईन बसोबास संर्घष समितिले बुधवार पत्रकार सम्मेलन गर्दै,एकपक्षीय ढंगमा निर्माण भईरहेको ड्रेनको काममा आफ्नो असहमति रहेकोले,समस्या समाधान गर्र्न नगरपालिकाको ध्यान आर्कषण गराउँदै सो माग गरेको हो ।
पत्रकार सममेलनमा बोल्दै संर्घष समितिका अध्यक्ष माधव बरालले वार्डको मुख्य बजार क्षेत्रको चौक स्थित सडकको पश्चिम तर्फ रहेको नम्बरी जग्गावालाहरुले सडकको करिव ३ फुट जग्गा मिचेर ड्रेन निर्माण गरिरहेको बताए ।
“सहमति अनुसार हामीले सडकलाई निर्धारित जग्गा छोडेर घर टहरा बनाएका छौं ,तर नम्बरी वालाहरुले सडक मिचेपछि ऐलानी जग्गामा बसोबास गर्नेहरुको बनाएको दर्जन बढि घर टहरा पसल भत्किन्छ । ” अध्यक्ष बरालले बताए । स्थानिय निकायले कुनै ध्यान दिएको छ्रैन् , रातारात काम भएको छ , हाम्रो त उठीबास नै लाग्ने भयो उनले गुनासो गरे ।
“ढल निर्माणमा आन्तरिक विवाद कायम रहेको र समस्या समाधानको लागि नगरपालिकाको न्यायिक समितिमा निवेदन दिईएको तर नगरपालिकाले दुई तर्फी छलफल नगराई एकतर्फी रुपमा ड्रेन बनाउने अनुमति दिईएको हो ।” उनले बताए ।
संर्घष समितिले नगरपालिकालाई ,सडकको केन्द्र पहिचान नगरी जथाभावी जग्गा नापमा लापरवाही गरेको, समस्या समाधानको लागि निवदेन दिईएपनि न्यायिक समितिले, कुनै कार्यवाही नगरेकको र हतारमा सडकको चौडाई घटाईएकोमा गम्भीर आपक्ति प्रकट गरिएको व्योहोर उल्लेख भएको ५ बुंदे ज्ञापनपत्र बुझाएको छ ।
यस सम्बन्धमा प्रतिक्रिया लिंदा नगरप्रमुख निलम खनालले, प्राविधिकले जाहा सम्म नम्बरी जग्गा आउँछ त्यहाँ सम्म नाला बनाउन भनिएको हो, जहासम्म नाला भित्र बिधुतको पोल आएको कुरा छ ,मैले प्राविधिक लाई डे«न भित्र पोल आए, पेमेन्ट रोक्का हुने बताएको बताए । नगरपालिकाको सिमांकनमा चित्त नबुझे उहाहरु अदालत जान सक्नु हुन्छ उनले बताए ।
२० लाख बजेट भएको डे«नको लम्बाई मुनाल चौक देखि बस पार्क सम्म करिव ३ सय मिटर रहेको छ , भने नाला भित्र ६ वटा विजुलीको पोल परेका छन् । प्रतिक्रियाको लागि नाला निर्माण उपभोक्ता समितिको अध्यक्ष अनिता नेपाल संग सम्पर्क हुन सकेन् ।






























