भाषा तथा संस्कृतिक विद जोशी सम्मानित

alt
  • फाल्गुन ४, २०७६
  • ब्लाष्ट खबर

विराटनर । ‘सुर्दशन–कपिला सिरपा’ द्धारा २ लाख राशीको पुरस्कारबाट भाषा तथा संस्कृतिक विद् सत्यमोहन जोशीलाई सम्मान भएका छन् ।

झी पुचः का संरक्षक एंव समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठले स्थापना गरेको १५ लाखको अक्षयकोषबाट जोशीलाई काठमाण्डौमा एक भव्य समारोहको बिच सम्मान गरिएको हो ।

जोशीलाई संघिय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

झी पुचः (नेपाल भाष तथा सांस्कृतिक संघ) विराटनगरले नेपाल भाष तथा संस्कृतिको संरक्षण, सवद्र्धन एंव जर्गेना गर्ने संस्था वा व्यक्तिलाई प्रत्येक २ वर्षमा कदर पत्रसहित नगद २ लाख रुपैयाँले सम्मान गर्ने झी पुचः का वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए  ।

झी पुचः विराटनगरले सुर्दशन–कपि ट्रष्ट’ को विनियमावली बनाएको छ । नेपाल सम्वत ११०१ तथा वि.स. २०३८ सालमा नेपाल भाषा एवं संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यले झी पुचः स्थापना भएको हो । उक्त संस्थाले प्रत्येक वर्ष नेपाल सम्वत, न्यहुँ दः, बेल विवहा, ब्रतबन्ध, गाई जात्रा जस्ता संस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

 

कुम्मायक गाउँपालिकाक ...

पाँचथर,यासोक/पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा ...

नाेबेलका डा. सुनील श ...

पथरीशनिश्चरे/कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द ...

पत्रकारलाई समाचार सं ...

धनकुटा/धनकुटाका पत्रकारलाई समचार संकलन गर्ने कार्यमा रो ...

बीपीमा नियुक्त भएका ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved