काठमाडौं । चीनको वुहानमा रहेका नेपालीहरूलाई सरकारले उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौं ल्याएर खरिपार्टीमा राख्ने तयारी शुरु भएको छ ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३ः ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएर स्वास्थ्य परिक्षण गरि खरिपार्टी लगिने तयार िभइरहेको छ ।

नेपालीलाई लिन वुहान गएका पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राखिनेछ बताइएको छ ।