देउराली धरान उपमहानगरपालिका ४ गौरीटोलमा एक जोडी आई शुक्रबार एकाएक आत्माहत्याको प्रयास गरेपछि स्थानीयले रोके पछि प्रहरीले उद्दार गरेको छ ।

धनकुटाकाे सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई र उनिसा लम्बिु राई र राजारानी ६ माइती बताउने उनकी श्रीमती रहेकाे इलाका प्रहरी कार्यालयका डिएपी ढुण्डीराज न्यौपानेले बताए ।

रुकमानले वियरको बोतल फुटाएर घाटी रेट्न खोजेको र नजिकै रहेको फलामको रडमा आफै रोपिन पुगेपछि स्थानीयले रोकी प्रहरीलाइ खबर गरेका थिए । 

 राईकाे वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ ।  घटनाको बारेमा सोधपुक्ष गर्दा आफूहरु विराटनगरबाट दाजु भाउजुलाई भेट्न धरान आएको बताउने गरेको वताउदै डिएपी न्यौपाने भने ‘ राइको उपचारमा रहेका डाक्टरको भनाइ र राईले दिने बयान हेर्दा मानसिक समस्या भएको हो की जास्तो देखिन्छ । ’

राईकी भाउजु खरीहोटलमा कुक रहेको र दाजु धरानमा यातायत क्षेत्रमा काम गर्ने गरेको बताउने उक्त जोडी विराटनगरमा करिब १० दिन देखि रहेको र यस अघि काठमाडौंमा रहको बताएका छन् ।