ब्लाष्टखबर । बनेपा नगरपालिका १३ मा सवारी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङलाई बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले ठक्कर गुरुङको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।