ब्लाष्टखबर ।  भन्सार छली गरेर नेपाल  भित्र्याइएकाे ६० लाख भन्दा बढिकाे मुल्य बराबरकाे अवैध कपडा  प्रहरीले बरामद गरेको छ ।

प्रहरीले झापा मेचिनगर नगरपालिका वडा न. १२ धाईजन स्थित मेची राजमार्गमा  मे १ ज १८०७ नम्बरको बोलेरो पिकअपमा  भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा करिब ६० लाख ३१ हजार एक सय मुल्य बराबरकाे अवैध कपडा बरामद गरेकाे छ ।

 बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्‍चिम तर्फ आउँदै गरेको भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त कपडा फेला परेकाे जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकाे छ ।

प्रहरीले सामान बरामदसँगै सवारी चालक २७ वर्षीय विकाशचन्द्र राजवंशीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका चलक र कपडालाई आवश्यक कारवाहीको लागि क्षेत्रिय राजश्व कार्यालय ईटहरी सुनसरी पठाईएको कार्यालयले जनाएकाे छ ।