श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०२ गते शुक्रबार, १४ फेब्रुअरी २०२० । फाल्गुण कृष्णपक्षको षष्ठी तिथि २३ः०२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र चित्रा १२ः५६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः५३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आज रमणीय र सुखद् यात्राको योग छ । कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ । माङ्गलिक कार्यको योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरिक आलश्यता बढ्ने देखिन्छ । चुनौतीहरूको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक समस्या झेल्नु पर्नेछ । दिनको उत्तराद्र्धमा गरिएका काममा आलश्यता आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक कार्यमा सफल भइएला । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । समस्याहरू सुल्झेर जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य देखिन्छ । अनावश्यक दुःख खेप्नुपर्ला । स्वास्थ्य अनुकूल नरहनाले समस्या देखापर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक काम कारबाहीमा चुनौतीको सामना गर्नु पर्नेछ । आय आर्जनका बाटामा समस्या देखापर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिष्ठान्न भोजनको अवसर बन्ला । साथीभाइस“ग विवाद हुन सक्छ । लेनदेनका विषयमा सजग रहनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुशासित भएर काममा लाग्नु होला । विपरीतलिङ्गीबाट टाढै रहनु राम्रो हुनेछ । परिवारमा शान्ति छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि व्यवसायमा राम्रै फल प्राप्त होला । एक्लो महसुस भए पनि साहस गर्न नछोड्नु होला । यात्रा सफल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेमी–प्रेमिकामा राम्रो सम्बन्ध बन्नेछ । यात्राको योग देखिन्छ । पढाइ, लेखाइमा पटक्कै मन नजाने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ । आफ्नो कामले अरूलाई असर गर्ला । काममा विचार गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा विवादास्पद भइएला । मन अशान्त रहला । एक्लो महसुस हुनेछ । समग्रमा दिन सामान्यखालको देखिन्छ ।