दमक/ रेडियोहरु मर्जर गर्नका लागि प्रदेश सरकारले आवश्यक कानून बनाउन पछि नर्पने प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

उनले रेडियो मर्जर गर्दा राम्रो हुन्छ भने त्यसका लागि आवश्यक कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रदेशका रेडियोहरुलाई मजबुद बनाउने खालको कानुन बनाउन आफु कटिवद्ध रहेको मन्त्री कार्कीले बताए । उनले भने ‘रेडियो सञ्चालन र प्रसारण सम्बन्धीको ऐन आई सकेको छ तर त्यसलाई कार्यान्वयान गर्नका लागि आवश्यक पर्ने कार्यविधि र नियमावली बन्न बाँकी छ । कार्याविधि र नियमावलीमा रेडियो मर्जरका लागि के गर्न सकिन्छ आवश्यक कानुन बनाउन म अहम भूमिका खेल्ने छु ।’

रेडियो सुचना प्रवाहको महत्वपूर्ण माद्यम भएकोले यसलाइ संरक्षण गर्नु प्रदेश सरकारको दायीत्व रहेको उनको भनाई थियो । उनले ब्रोडकास्टिङ्ग एसोसिएनस अफ नेपाल प्रदेश नं १ले नावौ विस्व रेडियो दिवसको अवसरमा आयोजना गरेको अन्तकृया कार्यक्रममा बोल्दै भने ‘अवका रेडियोहरुले स्थानीयको भाषा, स्थानीयको आवाज बोल्नु पर्छ । रेडियोलाई प्रसारणलाई बद्लिदो प्रविधिसँग विकास गर्नु पर्छ ।

कुन माद्यमबाट रेडियो सुन्न सक्छन् श्रोताले त्यो माद्यमको प्रयोग गर्न नसक्ने हो भने रेडियोको अस्तित्व समेत संकटमा रहेको उल्लेख गरे । रेडियोहरुलाई प्रदेश सरकारबाट निर्माण हुने विज्ञान, कार्यक्रमहरु समानुपातिक रुपमा वितरण गर्ने गरिको व्यवस्था समेत मिलाईने उनले बताए । अहिले प्रदेश सरकारको कुनै लोक कल्याणकारी विज्ञापन नभएको र जनता सँग मुख्य मन्त्री कार्यक्रम सबै रेडियोबाट प्रसारण भै रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा ब्रोडकास्टिक एसोसिएन अफ नेपाल (वान)का केद्रिय अध्यक्ष चन्द्र न्यौपानेले अहिलेका रेडियोहरुले स्थानीय भाषा, संस्कृती र सस्कारका बारेमा कार्यक्रमहरु बनाउन नसकेको बताए । त्यसका लागि दक्ष जनसक्तीको अभाव भएको र त्यसका लागि प्रदेश र स्थानीय सरकारले विषयगत तथा भाषागत रुपमा जनसक्ती उत्पादनमा सहयोग गर्नु पर्नेमा जोड दिनु दिए । (वान) का प्रदेश नं १ अध्यक्ष डां सन्देश दास श्रेष्ठले कार्यपत्र प्रस्तु गर्दै रेडियो बज्ने हैन सुन्ने हुनु पर्ने बताउनु बताए । गीत बजाउने र विचमा विज्ञापन बजाएरकै भरमा रेडियो चलीरहेको छ भन्नु मुर्खता रहेको बताएका छन् ।

अहिलेका रेडियोहरुले गुणस्तरिय कार्यक्रम दिन नसकेको तर्फ इङ्गीत गर्दै उनले भने‘ भयो रेडियोको संख्यात्मक बृद्धिले गुणात्मकमा ह्रास आयो । पहिलका कार्यक्रम राम्रो बनाउन प्रतिस्पर्धा हुन्थ्यो तर अहिले विज्ञापन कसले सस्तो बजाउने भन्नेमा प्रतिस्पर्धा चलेको छ । गसले गर्दा नेपाली रेडियोको गुणस्तिरियतामा प्रश्न चिन्ह खडा भएको उनले बताए । हरेक वर्षको फेव्रुअरी १३ का दिन विश्व रेडियो दिवस मनाइन्छ । यहि सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरि रेडियोले सुचना प्रवाहको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दैै दिवस मनाउने गरिन्छ ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको एक सय वर्ष भएको छ नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६९ वर्ष पुगेको छ । काठमाडौमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको एक हजार बढी पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

तर रेडियो बढ्ने क्रम जती बढेको छ त्यसबाट प्रसारण हुने सामाग्री भने खस्कदो रहेको रेडियोका अभियान्ताहरुले नै बताउछन् । त्यसै गरि रेडियो सुन्ने श्रोता घट्दै गएका छन् भन्ने कुरामा चाहि वानका केन्द्रिय कोषाध्यक्ष नविन राई चाहि रेडियो सुन्ने श्रोेता भन्दा पनि श्रोताको स्वाद परिवर्तन भएको बताउँछन् । श्रोताको सुन्ने माद्यमको स्वादलाई रेडियो सञ्चालन गर्नेहरुले बुझ्नु पर्ने उनको भनाई थियो । प्रविधिको प्रयोग सँगै जनजिवीकाका सवालमा कार्यक्रम बनाउन नसक्ने हो भने रेडियो किन सुन्ने भन्ने नागरिकको प्रश्नबाट सँधै प्रहार भै रहने उनको भनाई छ ।

नेपाल पत्रकार महासघं प्रदेश नं १ का अध्यक्ष बिक्रम लुईटेल अहिलेका रेडियोहरुमा व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको बताए । प्रदेश नं १ मा मात्र १०७ वटा रेडियो दर्ता भएर सञ्चालीत रहेको तर आवश्यक विभिन्न कागजात भने ६० वटा रेडियोको पनि नभएको उनको भनाई छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखी विश्व रेडियो दिवस मनाउन थालेको हो ।