धरान/ नेपालमा कोकाकोलाले चार दशक यात्रा पूरा गरेको छ ।
पहिलो पटक सन् १९७९ मा काठमाडौंको बालाजुमा कोकाकोलाले आफ्नो उद्योग स्थापना गरेको थियो । नेपालमा बोटलिङ प्लान्ट खोलेर शुरु गरेको कोकाकोलाले पेय पदार्थमा उपभोक्ताको मन जित्न सफल बनेको छ ।
बोटलर्स नेपाल लिमिटेडले चार दशकमा कोकाकोलासँगै जिरो कोक, स्प्राइट, फ्याण्टा र किन्ले नामको पेय पदार्थ उत्पादन गर्दै आइरहेको छ । त्यस्तै फलफूलको जुस, पिउने पानी, उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।
कोका(कोला नेपालका कन्टूी डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी गर्व गर्दछौं कि नेपालमा विगत चार दशकमा नेपाली उपभोक्ताहरूको मागलाई बुझेर सफलता प्राप्त गरिरहेका छौं । आगामी दशकमा उपभोक्तहरूसँग अझ बढी जोडिन र उनीहरूको चाहना र जीवनशैली अनुरूप विभिन्न प्रकारका पेय पदार्थहरू प्रदान गर्नेछौं ।’
सन् २०१९ मायसले नयाँ प्रोडक्शन लाइन (एएसएसपी (अफोर्डेबल स्मल स्पार्कलिङ्क प्याकेजिङ) सार्वजनिक गरेको छ र नेपाल, कोका(कोलाको यो प्रविधि शुरु गर्ने विश्वभरमा नेपाल तेस्रो मार्केट रहेको बताइएको छ । हाल प्राथमिक र सब्सिडीयरी बोटलिङ प्लान्टमा ६ सयभन्दा बढी व्यक्ति कार्यरत रहेको कम्पनीले जनाएको छ ।