धरान/ एलजीले सात वटै प्रदेशमा ‘एलजी रोड शो’ कार्यक्रम गर्ने भएको छ ।

घरायसी इलेक्ट्रोनिक्स सामानमा ख्याती कमाएको एलजीको ब्राण्डलाई थप उपभोक्तासम्म पु¥याउने उद्देश्यले रोड शो गरिन लागिएको हो ।

नेपालमा आधिकारिक विक्रेता सिजीले प्रदेशका विभिन्न भागहरूमा रोड शो गर्नेबारे जानकारी दिएको छ । त्यसक्रममा प्रदेश ३ को हेटौंडामा माघ २६ गते रोड शो कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए । प्रदेश २ र १ मा चाँडै नै रोड शो कार्यक्रम गरिने संयोजक चौधरीले जानकारी दिए ।

त्यसक्रममा एलजीको बारेमा उपभोक्ताहरूलाई जानकारी गराउने भएको छ । एजलीका उत्पादनहरू वासिङ मेसिन, भ्वाइस कमाण्डद्वारा चलाउन सकिने टेलिभिजनका बारे पनि जानकारी दिइनेछ । वासिङ मेसिनको प्रयोगबारे जानकारी गराइरहेको उनले बताए ।