लक्ष्मीमार्ग / लेटाङ उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभाको निर्वाचनमा लोकतान्त्रिक पक्षबाट अध्यक्षका उमेद्वार खड्ग बहादुर श्रेष्ठ (सानु) विजयी भएको छन् ।
बिहिबार भएको उक्त निर्वाचनमा महासचिव पद बाहेक सबै पदमा अध्यक्ष सानुकै प्यानल बिजयी भएको हो । उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये अध्यक्ष पदमा सानुले २६६ मत प्राप्त गरेको र महासचिवमा नेत्र निरौला २१९ मत प्राप्त गरी विजय भएको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् ।
त्यसै गरि वरिष्ट उपाध्यक्षमा अंशुपति विस्वास, उद्योग सचिवमा विजयी कुबेर पौडेल, वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठ, सदस्यहरुमा निर्मल कुमार दाहाल, मञ्जुला ठाकुर, दमयन्ती सुब्बा, हरिनारायण चौधरी उक्त निर्वाचनमा विजयी भएका हुन् भने, उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ , क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत कार्यसमितिमा चयन भएका छन् ।