देउराली । साना तथा मझैला उद्यमीलाइ लक्षित गर्दै सरल र छिटो कर्जा प्रवाह गर्न नेबिल बैंकले नेबिल सजिलो कर्जा योजना ल्याएको छ ।

जोखिममा आधारित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकका आधारमा यो योजनाको आरम्भ गरेकाे छ । देशका सातवटै प्रदेशमा यो कर्जा योजना लैजाने अभियानका रूपमा यसअघि काठमाडाैं र भैरहवामा सुभारम्भ गरिएकाे थियाे । प्रदेश १ काे इटहरीमा बुधबार एक अन्तरक्रिया कार्यक्रम गरिँदै आयोजना शुभारम्भ गरियाे । 

साना तथा मझाैला व्यवसायीहरूलाई प्राेत्साहन तथा व्यवसाय विस्तार गर्न अघि सारिएको योजना अन्तर्गत ऋण लिने व्यवसायीहरूले ३५ घण्टा भित्रै ऋण पाउने कि नपाउने भन्ने सिस्टममार्फत् जानकारी हुने बैंकले जनाएकाे छ । यी व्यवसायीका लागि बैंकले यूकेएड सक्षम एसेस टु फाइनान्ससँग सहकार्य गर्दै आएको बैंकले जनाएकाे छ ।

बैंकले यसअघि नेविल सजिलो कर्जा तथा नेबिल नारी कर्जा ल्याएको थियाे । साेही कर्जालाइ परिमार्जित गरी सरल र छिटो कर्जा सुविधा योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बताए । बैंकले १०.५ प्रतिशत ब्याजदरमा यो कर्जा उपलब्ध गराएको जनाएको छ । यस याेजनामा उद्यमीले प्रतिष्पर्धी व्याजदरमा ७५ लाखसम्म कर्जा पाउने सिइओ साहले बताए ।

यस कर्जा योजनामा उद्ममीले निःशुल्क कारोबार सूचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड दिइने साहले बताए । उनले क्रेडिट स्कोरिङ विधि प्रयोग गरी कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नेबिल बैंक पहिलो बैंक रहेकाे बताए । बैंकको १ सय १२ शाखा, १ सय ६० वटा एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।