मधुमल्ला । कृषिबाट नै आत्म निर्भर र स्वरोजगार बन्न सकिन्छ भनी अभियान चलाउँदै आएको हरियाली अभियान प्रालिले तरकारी कृषक समुहहरुलाई उन्नत जातको गाई वितरण गरेको छ । काठमाण्डौमा केन्दीय कार्यालय रहेको हरियाली अभियान प्रालिको मंगलबारेमा मोरङ जिल्लाको कार्यालय रहेको छ ।

अग्र्यानिक मलमार्फत कृषि उत्पादकत्वमा वृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले सो संस्थाले आइतबार कृषक समुहहरुलाई उन्नत जातका २५ वटा गाई वितरण गरेको छे ।
५० घर धुरीलाई समेटेर बनाइएको कृषक समुहलाई निःशुल्क अनुदानमा ति गाई वितरण गरिएको बताइएको छ । उर्लाबारीको नयाँ मंगलबारेमा एक कार्यक्रमका आयोजना गरी गाईहरु वितरण गरिएको हरियाली अभियान मोरङका अध्यक्ष खेमराज प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार कृषी कार्य तरकारी खेती गर्ने किसानलाई कृषि पेशामा उत्साहित गर्ने हेतुले प्राकृतीक मलका साथै पोसिलो दूध उत्पादन हुने हुँदा किसानहरुको लागि बहुदृष्टिले फाइदाजनक चौपाया गाई वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कम्तिमा दुई विगाहा जमिनामा तरकारी खेती गर्ने समुहमा अनुदान उपलब्ध गराउने संस्थाको कार्यक्रम रहेको अध्यक्ष प्रधानको भनाई छ । कृषक समुह गठन, तालिमका अलवा अनुदानमा दिइएको गाईको स्याहारका लागि दैनिक ५ सय रकम समेत संस्थाले उपलब्ध गराउने पनि प्रधानले बताए ।

‘कृषक समुहले उत्पादन गर्ने तरकारीलाई आयातित तरकारीभन्दा बढि मुल्यमा खरिद गर्ने हरियाली अभियान प्रालिको योजना छ ।’ हरियाली अभियान प्रालि द्धारा उत्पादीत तरकारीहरु प्राकृतीक रुपमा उत्पादिन हुने र बजारमा पाइने तरकारी भन्दा महंगो साथै पौष्टिक र गुणस्तरीय हुने हरियाली अभियानले जनाएको छ ।

हरीयाली अभियानले नेपालका १६ जिल्लामा कार्यक्रम लागु गरेको र प्रदेश नम्वर १ मा पाँचवटा जिल्लामा अभियान संचालन गरेको छ । जसअनुसार मोरङ जिल्लाका स्थानीय तहरुमा मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा कृषकलाई गोलबद्ध गर्दै तरकारी उत्पादनमा अभिप्रेरित गर्न अभियान चलाइरहेको प्रधानले बताए ।