झापा । बिर्तामोड नगरपालिकाको टे«ड युनियनमा अनिवार्य आवद्ध हुनुपर्ने श्रमिक सञ्चालन कार्यविधिप्रति साना निर्माणकर्मी संघ झापाले आपत्ति जनाएको छ ।
संघले श्रमिक तथा निर्माण व्यवसायीलाई टे«ड युनियनमा अनिवार्य आवद्धको विरोध गरेको हो । उनीहरुले सोमवार नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी समक्ष आफ्ना नौ सुत्रिय मागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

संघले नगरपालिकाले बनाएको श्रमिक सञ्चालन कार्यविधि २०७५ तत्काल सम्शोधन गर्नुपर्ने, कार्यविधिका कारण स्वतन्त्र रुपमा व्यवसाय गरिरहेका साना निर्माणकर्मीको समस्या तत्काल सम्बोधन हुनुपर्ने, दर्ता तथा नविकरणमा ट्रेड युनियन मार्फत आइज भन्ने प्रावधान तत्काल हटाउनु पर्ने, आप्रवासी ठेकेदारलाई तत्काल कारवाही गनुर्् पर्ने माग गरेका छन् ।

त्यसैगरी श्रम डेक्समा साना निर्माणकर्मीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, व्यवसाय अनुमति पत्र दर्ता तथा नविकरण सहज हुनु पर्ने, स्वतन्त्र रुपमा व्यवसाय गर्नेलाई सहज सेवासुविधा दिनु पर्ने, निर्माणकर्मी र मजदुरको व्यवसायिक सीप र क्षमता अभिबृद्धिका कार्यक्रमहरु समान सञ्चालन गर्नुपर्ने र मजदुर र व्यवसायीलाई एउटै भाडोमा हाल्न नहुनेलगायतका माग अघि सारेका छन् ।

संघद्धारा नगर प्रमुख शिवाकोटीलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा भनिएको छ ‘ बिर्तामोड नगरपालिकामा श्रम क्षेत्रमा राजनीतिक हावी र नगरपालिकाले श्रमिकमाथि सिण्डिकेट चलाएको अनुभूति गरेका छौं ।’

यता नगरपालिकाका प्रशासन प्रमुख तथा श्रमिक हितकोषका सचिव देवराज कार्कीले नेपाल सरकारले पास गरेको श्रमऐनलाई सेण्डिकेट भन्न नमिल्ने बताए । ‘स्वतन्त्र व्यक्ति हुन्छ’ कार्कीले भने ‘तर, संस्था हुँदैन ।’ सवै नागरिकले ऐन कानुन मान्नु पर्ने बताउँदै कार्कीले भने ‘श्रम कार्यालयमा गएर टे«ड युनियनमा दर्ता गर्नुस् ।’

नगरपालिकाका प्रमुख शिवाकोटीले बिर्तामोड नगरको श्रमऐन उत्कृष्ट भएको बताए । ‘केही तुटि भएको भए व्यवसायी र नगरपालिका प्रतिनिधि वसेर समाधान गर्न सकिने छ’ उनले भने । श्रम ऐन कानुनमा रहेर निर्माण व्यवसायी र श्रमिकको हितमा हुने कार्यविधि बनाउने नगर प्रमुख शिवाकोटीले आश्वासन दिएका छन् ।

समस्या समाधानका लागि संघका तर्फबाट कृष्ण भट्टराई, श्याम बस्नेत, संघका अध्यक्ष राजु राजवंशी र नगरपालिकाका प्रतिनिधिवीच छलफल गरिने भएको छ । साना निर्माणकर्मी संघमा २ सय ५० व्यवसायी र १० हजार मजदुर रहेको बताइएको छ ।