धरान । विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत बच्चनमाथि गोली प्रहार गरी हत्या गरिएको छ ।

भारतको लखनउमा आइतबार बिहान पविर्तन चौक नजिकैको ग्लोब पार्कमा गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका छन् । बच्चनमाथि टाउँकोमा गोली हानेको भारतीय सञ्चारमाध्यमले प्रहरीको भनाइ उदृत गर्दै समाचार लेखेको छ ।

उनीमाथि ५ वटा गोली हानिएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको साथमा रहेका भाइ आशिष बच्चन पनि सामान्य घाइते बनेका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मर्निङ वाकमा निस्किएको समयमा उनीमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्नुपर्ने कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । उनी गोरखपुर निवासी हुन् । हाल उनी हजरतगञ्जमा बस्दै आएका थिए ।