धनकुटा / आधुनिक प्रविधि भिœयाउन प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिधुवा धनकुटाले शुक्रबार मिनि टिलर वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले मिनि टिलर वितरण कार्यक्रममा तरकारी जोन पकेट क्षेत्रका ५१ वटा कृषक समूह, सहकारी र कृषि फर्मलाई पावर टिलर वितरण गरे । प्रजिअ घिमिरेले परम्परागत प्रविधिबाट छरिएर गरिने कृषि पेशालाई सङ्गठित भएर व्यवसाय गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको बताए । सो क्रममा छथरजोरपाटी–६ का वडाध्यक्ष दिलबहादुर थापाले थोरै लगानीले धेरै उत्पादन गर्न सरकारले नयाँ प्रविधि भिœयाएको बताए ।
उनले नयाँ प्रविधिको सदुपयोग गरी कृषि उपजका वस्तुहरूको उत्पादन वढाउन आग्रह समेत गरे । जोन कार्यान्वयन एकाइका प्रमुख देवेन्द्र साहले कष्टम हायरिङ सेन्टरअन्तर्गत ५० प्रतिशत अनुदान किसानहरूको संस्थामा आफै मिनि टिलर खरिद गर्न नगद जम्मा गरेको बताए । उनले ५० प्रतिशत अनुदान अन्तर्गत २० लाख रुपयाँ बराबरको ५१ वटा कृषक समूह, कृषि सहकारी र फर्महरूलाई ६१ वटा मिनि टिलर खरिद गरी वितरण गरिएको बताए । उनले सम्बन्धित प्राविधिकबाट लागत स्टेमेट सहित ७ र ९ एच.पि.को मिनि टिलरको स्पेसिफिकेसन तयारी गरी वितरण गरिएको बताए ।
साहले जोन कार्यान्वयन एकाइले बजार मूल्य भन्दा सहुलियत दरमा मिनि टिलर खरिद गर्न अनुदान प्रदान गरेको वताए । उनले आ.व.०७६/०७७ को शुक्रबारसम्ममा ५२ वटा मिनि टिलर वितरण गसिकिएको र अब ९ वटा भने वितरण गर्न बाँकी रहेको बताए । उनले ७ र ९ एच.पि.को अनुदान मूल्यमा ३० र ४० हजारको फरक/फरक मूल्य रहेको र कुल लागत मूल्य ६० र ८० हजार रहेको बताए । उनले आ.व.०७३/०७४ देखि आ.व.०७६/०७७ सम्ममा जोन पाकेट क्षेत्रमा १ सय १९ वटा मिनि टिलर वितरण गरिसकिएको बताए ।