पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का सन्तोष कठायतले ८ लाख रुपैयाँ खर्च गरेर पथरी बहुमुखी क्याम्पसपरिसरमा सरस्वतीको मन्दिर निर्माण गरिदिएका छन् ।
सरस्वती पूजाको अवसरमा नगरपालिका प्रमुख दिलिपकुमार राईले मन्दिरको उद्घाटन गरे । अभियानका अगुवा सन्तोषका साथै उनकी श्रीमती कृष्णकुमारीलाई समेत क्याम्पसले सम्मान गरेको छ । उनले यसअघि वडानम्बर १० को पशुपतिनगरमा २० लाख रुपैयाँ खर्चेर शिवालय मन्दिर निर्माण गरिदिएका थिए ।