धरान / हराएका मोबाइल सम्बन्धित धनीलाई धरान प्रहरीले फिर्ता गरेको छ ।
विभिन्न समयमा हराएका मोबाइलहरू फेला पारेपछि सम्बन्धित धनीलाई बुझाएको हो । इलाका प्रहरी कार्यालय धरानले फेला पारेका १४ थान मोबाइलहरू सम्बन्धित धनीलाई बुझाएको जनाएको छ । प्रहरीका अनुसार १९ थान मोबाइल भेटिए पनि शुक्रबार १४ थान बुझाउन सफल भएको हो ।

अन्य ५ थान मोबाइल प्रदेश प्रहरी कार्यालयमा राखिएकाले सम्बन्धित धनीलाई लिनका लागि आग्रह गरिएको छ । भदौ १५ गतेबाट माघ १६ गतेसम्म हराएका मोबाइलहरू फिर्ता गरिएको हो ।